पर्वतारोहीको शव ल्याउन समस्या

काठमाडाैं | असोज २३, २०८१

पर्वतारोहीको शव ल्याउन समस्या

धौलागिरि हिमाल आरोहणका क्रममा ज्यान गुमाएका रुसका पाँच पर्वतारोहीको शव ल्याउन समस्या भएको छ ।

 

प्रतिकूल मौसम र भूगोलका कारण धौलागिरिको सात हजार एक सय मिटर उचाइमा मृत भेटिएका रुसका पाँच पर्वतारोहीको शव ल्याउन समस्या भएको हो ।

 

जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रमुख प्रहरी नायब उपरीक्षक भरत श्रेष्ठले शव ल्याउन आज हेलिकप्टरमा धौलागिरि गएको शेर्पासहितको टोलीले घटनास्थलको निरीक्षण गरेर मात्र फर्किएको जानकारी दिनुभयो ।

 

“हेलिकप्टर अवतरण गर्न र मानिस हिँडेर पुग्न नसकिने ठाउँमा पाँच जनाको शव भेटिएको छ”, उहाँले भन्नुभयो, “मौसमको खराबी र प्रतिकूल भूगोलका कारण शव सङ्कलन गरी घटनास्थलबाट ल्याउने प्रयास असफल भएको छ ।” आधारशिविरको ‘हाइक्याम्प’मा बास बसेर धौलागिरि आरोहणका लागि गएका उनीहरु सात हजार छ सय मिटरको उचाइबाट आइतबार दिउँसो ११ बजेदेखि सम्पर्कविहीन भएका थिए ।

 

प्रहरीका अनुसार रुसका अलेक्जेन्डर दुशेको, ओलेग कुर्गलोभ, भ्लालिमिर चिस्तिकोभ, मिखाइल नोसेन्को र डिमित्री शालिलेभोइको शव मङ्गलबार भेटिएको थियो ।

 

आइ एम ट्रेकिङ एण्ड एक्सपीडिसनमार्फत १४ जना रुसका पुरुष पर्वतारोहीहरु धौलागिरि हिमाल आरोहणका लागि गएका थिए । नौ जना पर्वतरोहीहरुले बीचमै आरोहण रद्द गरेर फर्किएका थिए ।

 

संसारको सातौँ (८,१६७ मिटर) अग्लो धवलागिरि हिमाल म्याग्दीको धवलागिरि गाउँपालिका–४ मा पर्छ । पर्यटन विभागका अनुसार चालु शरदयाममा रुसका १४ जनाले धौलागिरि आरोहणको अनुमति लिएका थिए ।

कास्की ।    पोखराको चिप्लेढुङ्गामा सञ्चालित सफल निरमाया दोहोरी साँझ एण्ड रेष्टुरेन्टले २२ औं वार्षिकोत्सवको अवसरमा विशेष सांगीतिक कार्यक्रम २०८३’ आयोजना गर्ने भएको छ ।   भोलिदेखि (अस...

थप पढ्नुहोस्

भेनेजुएलामा भूकम्पमा परी मृत्यु हुनेको संख्या ९२० पुगेको छ।   गत बुधबार राति ७.२ र ७.५ म्याग्नेच्युडको शक्तिशाली भूकम्प जाँदा मृत्यु हुनेको संख्या शनिबारसम्म ९२० पुगेको अन्तर्राष्ट्रिय समाचार संस्था एसो...

थप पढ्नुहोस्

काठमाडौँ ।  नेपाल सरकारले साउदी अरबले कार्यान्वयन गर्न लागेको नेपाली श्रमिकको सीप प्रमाणीकरण (एसभीएफ) प्रक्रियालाई तत्काल स्थगन गर्न साउदी सरकारसँग आग्रह गरेको छ।   उक्त प्रक्रियाका कारण नेप...

थप पढ्नुहोस्